निर्वाचन आयोगले गर्‍यो नेकपा खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सुझाव « Khabarhub

निर्वाचन आयोगले गर्‍यो नेकपा खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सुझाव


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ दलको रुपमा एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

आयोगको २०७५ जेठ २३ को निर्णयले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामको राजनीतिक दल दर्ता भइ नेपाल राजपत्रा खण्ड ६८, अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एकीकरणपछि बनेको नेकपा बदर भएकाले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै दललाई आग्रह गरिएको छ ।

यस्तो छ आयोगद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ३३ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका