प्रहरीबाट बच्न परिणीति र अर्जुन नेपाल आएपछि… « Khabarhub

प्रहरीबाट बच्न परिणीति र अर्जुन नेपाल आएपछि…


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘सन्दीप और पिंकी फरार’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्मका निर्देशक दिवाकर बनर्जी हुन् । फिल्ममा अभिनेत्री परिणीति चोपडाले सन्दीप कौर र अभिनेता अर्जुन कपूरले पिंकी दहियाको भूमिकामा अभिनय गरेका छन् ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार ट्रेलरमा रोमाञ्च र सस्पेन्स दुवै देखाइएको छ । ट्रेलरको सुरुवात परिणीतिबाट हुन्छ, जो एक ट्याक्सी ड्राइभर देखिने अर्जुनसँग सहयोग माग्छिन् ।

परिणीतिलाई प्रहरीले खोजिरहेका हुन्छन् । त्यहीकारण अर्जुनले उनलाई त्यहाँबाट भगाउन सहयोग गर्छन् । उनीहरु भागेर एक वृद्ध दम्पत्तिको घर पुग्छन् । तर प्रहरीहरु उनीहरु भएकै ठाउँमा खोज्दै आइपुग्छ ।

त्यसपछि उनीहरु प्रहरीबाट बच्न नेपाल आउछन् । ट्रेलरको अन्तिम दृश्यमा दुवैबीच झगडा भएको देखाइएको छ । फिल्म मार्च १९ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६