ओली नेतृत्वकै सरकारले अबको दुई वर्षसम्म निरन्तरता पाउँछ : नेता पण्डित « Khabarhub

ओली नेतृत्वकै सरकारले अबको दुई वर्षसम्म निरन्तरता पाउँछ : नेता पण्डित


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै अबको दुई वर्षसम्म निरन्तरता पाउने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक परे ओलीले थप राजनीतिक दलहरुको पनि समर्थन पाउने दाबी गरे ।

‘नेकपा माओवादी केन्द्रले यो सरकारलाई समर्थन दिनुको विकल्प छैन्, आवश्यक पर्दा प्रधानमन्त्रीज्यूले थप राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,’ ओलीले भने।

उनले अबका दिनहरुमा पार्टी नेतृत्वहरुले एमालेलाई बलियो बनाउने समेत बताए। ‘आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन्। नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ,’ उनले भने, ‘पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ।’

एमालेका शीर्ष नेताहरू केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले एमालेलाई बलियो बनाउने बाहेकका गतिविधि नगर्ने उनको विश्वास छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४५ बजे

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका