महाशिवरात्रि तयारी : पशुपतिनाथमा तीन दर्शनमार्ग, मास्क अनिवार्य | Khabarhub Khabarhub

महाशिवरात्रि तयारी : पशुपतिनाथमा तीन दर्शनमार्ग, मास्क अनिवार्य


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २७ गते बिहीबार मनाइँदै छ । पर्वका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर र देशभरका शिवालयहरूमा भक्तजन तथा साधुसन्तहरूको भिड लाग्छ ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

कोषले ११ वटा उपसमितिहरू बनाएर महाशिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा करिब ८ लाख भक्तजन आउने कोषको अनुमान छ । भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

कोभिडको जोखिम कायमै रहेकाले दर्शन गर्न आउने भक्तजनलाई अनिवार्यरूपमा मास्क लगाएर आउन पनि उनले अनुरोध गरेका छन् ।

‘लाखौँको संख्यामा भक्तजन आउने हुँदा कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ’ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मास्क अनिवार्य लगाउनुपर्छ, नलगाएको पाइएमा मन्दिर प्रवेश गर्न दिइने छैन ।’

चारै ढोका खुला, तीनमार्गबाट प्रवेश

शिवरात्रिका पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहानैदेखि खुला रहनेछन् । भक्तजनहरूले आफूलाई पायक पर्ने गरी पङ्क्तिबद्ध भएर मन्दिर प्रवेश गर्न सक्नेछन् ।

मित्रपार्क—गौरीघाट, उमाकाण्ड—दक्षिणामूर्ती—रुद्रागाडेश्वर हुँदै प्रवेश गर्ने भक्तजनले उत्तर ढोकाबाट दर्शन पाउनेछन् ।

जयबागेश्वरी—इटापाखा भएर भूवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने दर्शनार्थीले पश्चिम ढोकाबाट दर्शन पाउनेछन् ।

बत्तीसपुतली—गौशाला—एयरपोर्ट—तीलगङ्गा भएर पिङ्गलास्थान—सुमार्गी भवन अगाडिबाट चार शिवालय—पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाइनबाट दर्शनको व्यवस्था गरिएको छ ।

तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुनेछ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भूवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरू जुन मार्गबाट प्रवेश गरेको हो सोही मार्ग हुँदै मन्दिरबाट बाहिरिने व्यवस्था मिलाएको कोषले जनाएको छ ।

पार्किङ ५ ठाउँमा

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा दर्शनका लागि सवारी साधनमा आउनेहरूका लागि पार्किङको व्यवस्था समेत गरेको छ ।

पर्किङका लागि कोषले तिलगङ्गा करिडोर, पशुपति क्षेत्र विकासको कार्यालय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चउर, गुहेश्वरीपारि गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरेको छ ।

एयरपोर्ट, गौशाला, चावहिलको रिङरोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिइनेछ । आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाएको जनाइएको छ ।

यी काम गर्न पाइने छैन

पाशुपत क्षेत्र मांस, मदिरा र कुनै पनि प्रकारको नशालु पदार्थ प्रयोग गर्न नपाउने निषेधित क्षेत्र हो । महाशिवरात्रि पर्वमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थहरु बिक्री गर्न, ओसारपसार गर्न, भण्डार गर्न र सेवन गर्न पाइने छैन ।

पाशुपत क्षेत्र प्लास्टिक निषेधित क्षेत्र पनि भएकाले पर्वका अवसरमा सेवा प्रदान गर्ने सबै संस्थाहरूलाई भोजन, पानी, चिया, वितरण गर्दा प्लास्टिकको कप प्रयोग नगर्न कोषले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : ०६ बजे

गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)  

काठमाडौं– गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न

जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष

वातावरणमैत्री यातायात प्रवर्धन गर्न पूर्वाधारमा लगानी गरौं : मन्त्री यादव

काठमाडौं– सरकारले वातावरणमैत्री यातायातको प्रवर्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी

नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद

नेपालगञ्ज– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

घुसुडी र ब्रह्मदेवको जगमा बसेको महेन्द्रनगर

खोइ ! गते र वार कुन थियो त्यो त अहिले