माओवादी केन्द्रको बैठकमा रामबहादुर थापासहित चार वरिष्ठ नेता अनुपस्थित « Khabarhub

माओवादी केन्द्रको बैठकमा रामबहादुर थापासहित चार वरिष्ठ नेता अनुपस्थित


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंगलबार आह्वान गरेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता रामबहादुर थापालगायत चार जना नेता अनुपस्थित भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका थापासहित टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट माओवादी केन्द्रको बैठकमा सहभागी नभएका हुन् । उनीहरूसहित ८ नेताले सोमबार प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

माओवादी केन्द्रले भने मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको बैठकमा सरकार र संसद आगामी भूमिकाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाज पार्टी (जसपा)लगायत दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने भनेको छ ।

नेकपा (एमाले) सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका छन् ।

माओवादी केन्द्रले अबको परिस्थितिबारे छलफल गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलासमेत गर्ने भएको छ । ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिने/नलिनेबारे कुनै निर्णय हुन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणलाई पूर्ववतावस्थामा ब्यूँतिएको फैसला गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ०९ बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।