सत्ता समीकरण लगायतका विषयमा सबै दलसँग छलफल गर्ने जसपाको निर्णय  « Khabarhub

सत्ता समीकरण लगायतका विषयमा सबै दलसँग छलफल गर्ने जसपाको निर्णय 


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

उनले भने, ‘हामी सत्ता समीकरणका लागि खुला छौं । तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं ।’

उनले आफ्नो दलका सांसद रेशम चौधरीको रिहाई लगायतका विषयमा एमालेसँग अपर्झट कुरा भएको तर अब भने वार्ता टोली नै बनाएर औपचारिक छलफल हुने बताए ।

टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका चौधरीको रिहाइ लगायतका मुद्धा सम्बोधन गर्ने पक्षलाई नै आफूहरुको समर्थन रहने निष्कर्षमा जसपा पुगेके उनले बताए ।

आफूहरुलाई पटक-पटक आश्वासन दिए पनि माग सम्बोधन नभएकाले आफूहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ ।

त्यस्तै जसपाले सरकार र माओवादीसँग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता महतोले बताए ।

उनले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताए । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने उनको भनाइ छ ।

संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका शर्त रहेको उनले बताए ।

संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ५५ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा