सत्ता समीकरण लगायतका विषयमा सबै दलसँग छलफल गर्ने जसपाको निर्णय  « Khabarhub

सत्ता समीकरण लगायतका विषयमा सबै दलसँग छलफल गर्ने जसपाको निर्णय 


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

उनले भने, ‘हामी सत्ता समीकरणका लागि खुला छौं । तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं ।’

उनले आफ्नो दलका सांसद रेशम चौधरीको रिहाई लगायतका विषयमा एमालेसँग अपर्झट कुरा भएको तर अब भने वार्ता टोली नै बनाएर औपचारिक छलफल हुने बताए ।

टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका चौधरीको रिहाइ लगायतका मुद्धा सम्बोधन गर्ने पक्षलाई नै आफूहरुको समर्थन रहने निष्कर्षमा जसपा पुगेके उनले बताए ।

आफूहरुलाई पटक-पटक आश्वासन दिए पनि माग सम्बोधन नभएकाले आफूहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ ।

त्यस्तै जसपाले सरकार र माओवादीसँग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता महतोले बताए ।

उनले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताए । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने उनको भनाइ छ ।

संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका शर्त रहेको उनले बताए ।

संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ५५ बजे

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ