डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त « Khabarhub

डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पूरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो।

ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ०५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई