सत्ता समीकरणका लागि देउवा अग्रसर, आज तीन दलको बैठक बस्दै | Khabarhub Khabarhub

सत्ता समीकरणका लागि देउवा अग्रसर, आज तीन दलको बैठक बस्दै


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन आज तीन दलको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिबेला कुनै पक्षसँग खुलेको छैन ।

जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए ।

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ३१ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५