चीनको ‘रवर स्ट्याम्प’ संसद द न्याशनल पिपुल्स कंग्रेसको गत महीना बसेको आधिकारिक बैठकले देशको चौधौँ पञ्च वर्षीय योजना पारित गरेको छ । उक्त योजनाको रणनीति भनेको चीनसँग आर्थिक क्षेत्रका लागि दीर्घकालीन योजना रहेको छ भनेर देखाउनु थियो । अमेरिकासँग भूराजनीतिक प्रतिस्पर्धाका बाबजुद चीन सफल रहेको भन्ने कुरा विश्व र आन्तरिकरूपमा देखाउन चाहेको छ । तर, योजनाको मसी सुक्न नपाउँदै सफलताको सम्भावनालाई चीनले परिवर्तन गर्न थालेको देखिन्छ ।
चौधौँ पञ्च वर्षीय योजनाको चुरो कुरो ‘दोहोरो सञ्चालन’ को रणनीति हो । यसअन्तर्गत चीनले आन्तरिक माग र प्रविधिमा आधारित विकासलाई बढवा दिन्छ । यसले चीनको बाह्य माग निर्भरता मात्रै घटाउँदैन परन्तु अमेरिका बाहेकको उसको मुख्य व्यापारिक साझेदारसँगको सम्बन्ध पनि बढाउँछ । अन्य साझेदार मुलुकको बजारमा र बढ्दो उच्च प्रविधि निर्माणमा पनि चीनको पहुँच विस्तार गर्छ ।
यस रणनीतिमा चीनले केही समयदेखि काम गर्दै आएको छ । गत वर्षको अन्त्यमा राष्ट्रपति सि जिङफिनले युरोपेली युनियनसँग लगानीमा आधारित बृहत् सम्झौता (सीएआई) मा हस्ताक्षर गरेका छन् । उनले यसका लागि केही छुट पनि दिएका थिए । सम्झौताले युरोपेली युनियन र चीनबीचको सम्बन्ध मजबुत गर्ने सम्भावना मात्रै छैन, युरोप र अमेरिकाबीचको सम्बन्धमा प्रभाव पर्ने सम्भावना पनि उत्तिकै छ ।
हाल सि आफ्नै राम्रो कामलाई खराब गर्ने बाटोमा देखिन्छन् । आफ्नो प्रमुख व्यापारिक साझेदार मुलुकसँग चीनको सम्बन्ध बिग्रिने दिशामा गएको छ । पछिल्ला केही हप्ताहरूमा चीनले युरोपका धेरै सांसदहरूलाई कालो सूचीमा राखेको छ । यस सूचीमा बेलायत र क्यानडाका सांसद, शिक्षण पेशामा लागेका व्यक्तिहरू युरोप र बेलायतमा रहेका अनुसन्धान संस्थाहरू परेका छन् ।
चीनले आफ्ना आलोचकहरूलाई निषेध गर्ने नीति लिएको छ । उनीहरू यसलाई राजनीति अभिप्रेरित झुटको संज्ञा दिन्छन् । तर, निषेधले जस्तो किसिमको सन्देश दिँदै छ, त्यो उनीहरूको हितमा हुने भन्ने सम्भावना पनि कम छ ।
वास्तवमामा यो निषेध चीनले प्रत्युत्तरमा दिएको हो । खासमा युरोप, बेलायत र क्यानडाले चीनका केही सरकारी अधिकारीहरूलाई सिङजियानमा भइरहेको मुस्लिम समुदायमाथिको मानवअधिकारको हननका लागि आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । चिनियाँ अधिकारीहरूलाई लागेको यो आरोप नयाँ होइन । पछिल्लो रिपोर्ट जहाँ उइगुर समुदायलाई जबर्जस्ती कपास टिप्ने काममा लगाएको कुराले भने उनीहरूलाई क्रुद्ध बनाएको छ ।
चीनले आफ्ना आलोचकहरूलाई निषेध गर्ने नीति लिएको छ । उनीहरू यसलाई राजनीति अभिप्रेरित झुटको संज्ञा दिन्छन् । तर, निषेधले जस्तो किसिमको सन्देश दिँदै छ, त्यो उनीहरूको हितमा हुने भन्ने सम्भावना पनि कम छ ।
क्यानडा, युरोप र बेलायत सिनो–अमेरिका तनावमा सापेक्षितरूपमा तटस्थ बसेको छ । उनीहरू यसरी बस्दा चिनियाँ स्वार्थकै हित हुन्छ । चीनले अमेरिकासँग डिकप्लिङ (महङ्गो सावित भए पनि) गर्न सक्छ । तर, ठूला अर्थतन्त्र भएका सबै पश्चिमा देशसँग उसले एकैचोटी डिकप्लिङ गर्न सक्दैन ।
सीएआई पहिले नै असुरक्षित छ । यो सम्झौता युरोपेली संसदबाट अनुमोदन हुन बाँकी नै छ । आफ्ना केही सदस्यलाई चीनले गरेको निषेधबाट सुरक्षित गर्न संसदले यो विषयसँगको छलफल हालै स्थगित गरेको छ । केही सांसदहरूले चीनले पहिला अन्तर्राष्ट्रिय श्रम सङ्गठनलाई पहिला अनुमोदन गर्नुपर्ने माग राखेका छन् । उनीहरू सीएआई अनुमोदन हुनुपूर्व अन्तर्राष्ट्रिय श्रम सङ्गठनलाई चीनले अनुमोदन गरोस् भन्ने चाहन्छन् ।
पश्चिमा बहुराष्ट्रिय कम्पनीले आफ्नो ध्यान चीनबाट बाहिर खिच्ने बित्तिकै चीनमा उसका कम्पनी बन्द हुनेछन्, जसले गर्दा लाखौँ चिनियाँले आफ्नो रोजगारी गुमाउनुपर्ने अवस्था आउनेछ ।
यसका अतिरिक्त आफ्नो आर्थिक सम्भावना कमजोर पार्दै जबर्जस्ती काममा लगाएको आरोपलाई ध्यानमा राखेर चीनले निजी संस्थानहरूमाथि हमला गरेको छ । अघिल्लो वर्ष स्वीडेनको कपडाको थोक बिक्रेता ‘एच एन्ड एम’ ले सिङजियानमा उत्पादित कपास उसले प्रयोग नगर्ने बताएको थियो ।
सिङजियानमा उत्पादित कपास बारेको बहस गरमागरम भएको अवस्थामा एच एन्ड एमले गरेको निर्णय धेरै आलोचित भएको थियो । चीनका अग्रणी ई–व्यापार कम्पनीहरूले एच एन्ड एम उत्पादित सामग्रीलाई आफ्नो बिक्री सूचीबाट हटाएको थियो । चीनले आफ्नो राज्य नियन्त्रित सञ्चार माध्यमलाई एच एन्ड एमको विरोध गर्न पनि लगायो । यस्तै सिङजियानमा उत्पादित कपास प्रयोग नगर्ने बताएका अन्य कम्पनी नाइक, न्यू ब्यालेन्स र बेरबरी पनि यो सूचीमा थियो ।
पश्चिमा देशलाई जिस्क्याइरहने आफ्नो रणनीति सफल हुने चीनले विश्वास लिएको हुनुपर्छ । बहुद्देशीय कम्पनीहरू चीनबाट बाहिर जान चाहँदैनन् भन्ने चीनलाई थाहा छ । यसै सन्दर्भमा एच एन्ड एमले आफ्नो प्रतिबद्धता जाहेर गरिसकेको छ । उसले चीनमा रहेका आफ्ना ग्राहक, मित्र र व्यावसायिक साझेदारसँग विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले एउटा वक्तव्य नै जारी गरेको छ ।
चीनले यस्तो खेल बारम्बार खेलिरहेको छ । पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादन चीनमा रहेका आफ्ना ग्राहक समक्ष बिक्री गर्न चाहेको अवस्थामा चीनले पनि यी कम्पनीबाट प्राप्त हुने फाइदामा ध्यान दिन आवश्यक हुन्छ । यो परस्परमा निर्भर रहेको सम्बन्ध हो ।
चिनियाँ बजार सहजै त्याग्न सहज नभएको चिनियाँ नेताहरूको विश्वासका कारण पनि चीनले यस्तो सुझबुझपूर्ण कदम चाल्छ जस्तो लाग्दैन । केही समयअघिसम्म पनि चिनियाँहरूले अमेरिकाले उससँग डिकप्लिङ गर्न सक्छ भन्ने विश्वास गरेको थिएन ।
चिनियाँ बजार बहुराष्ट्रिय कम्पनीहरूलाई लोभ्याउन सक्ने खालको भए पनि पश्चिमा देशमाझ यी कम्पनीले आफ्नो छवि धुमिल पार्नु आफ्नै हितमा हुने छैन । यी देशहरू अझै पनि एच एन्ड एम अर्थतन्त्रको प्रमुख स्रोत हो । उदाहरणका लागि एच एन्ड एमका दुई ठूला बजार अमेरिका र जर्मनी हुन् । चीन उसको तेस्रो ठूलो बजार हो, जहाँबाट उसले सन् २०२० मा आफ्नो कुल कमाइको ५ प्रतिशत कमाएको थियो ।
यसको अर्थ के हुन्छ भने एच एन्ड एमले आफ्नो चिनियाँ बजार गुमाउने खतरा मोल्न सक्छ । चीनका ६२१ वितरकले एम एन्ड एमलाई गुमाउने चुनौती खेप्न सक्दैनन् । पश्चिमा बहुराष्ट्रिय कम्पनीले आफ्नो ध्यान चीनबाट बाहिर खिच्ने बित्तिकै चीनमा उसका कम्पनी बन्द हुनेछन्, जसले गर्दा लाखौँ चिनियाँले आफ्नो रोजगारी गुमाउनुपर्ने अवस्था आउनेछ ।
यस्तो हुन नदिन चिनियाँ सरकारसँग अझै समय छ । चिनियाँ सरकारले स्वतन्त्र व्यक्तिलाई सिङजियन प्रान्तको कपास उत्पादन निरीक्षण गर्न दिन सक्छ । यदि चीनले त्यहाँ कामदारलाई बल प्रयोग गरी काम गर्न लगाएको छैन भन्ने देखाउने यो उत्तम अवसर पनि हो । यसरी उसले पश्चिमा व्यवसाय र सरकारसँग आफ्नो सम्बन्ध सुधार गर्न सक्छ ।
चीनले यस्तो सुझबुझपूर्ण कदम चाल्छ जस्तो लाग्दैन । चिनियाँ बजार सहजै त्याग्न सहज नभएको चिनियाँ नेताहरूको विश्वासका कारण पनि चीनले यस्तो सुझबुझपूर्ण कदम चाल्छ जस्तो लाग्दैन । केही समयअघिसम्म पनि चिनियाँहरूले अमेरिकाले उससँग डिकप्लिङ गर्न सक्छ भन्ने विश्वास गरेको थिएन । उनीहरू त्यस बखत पनि गलत थिए र अहिले पनि गलत हुन सक्छन् । फरक के छ भने, चीन आफैँले पनि डिकप्लिङको सामना गर्न सक्दैन ।
(मिनसिङ पेई क्लेरमान्ट मैककेना सरकारी कलेजका प्राध्यापक हुन् भने अमेरिकाका जर्मन मार्शल फन्डका गैरआवासीय वरिष्ठ अनुसन्धानकर्ता हुन् । ७ अप्रिल २०२१ मा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया