कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता « Khabarhub

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ३३० जना दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए । तीमध्ये केही व्यक्ति बेपत्ता भएका वा आफ्नै इच्छा विरुद्धमा राखिएको रिपोर्ट गरिएको छ । तीमध्ये हालसम्म करिब ८० जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले घटनासँग सम्बन्धित तथ्यांकहरू दोहोरो नहोस् भनेर गृह मन्त्रालय र प्रहरी डाटासँग क्रस–जाँच भइरहेको पनि जनाएको छ ।

सन् २०२३ मा कम्बोडियामा दक्षिण कोरियालीहरू संलग्न अपहरण वा अवैध हिरासतका करिब २१ घटना दर्ता भएका थिए । तर गत वर्ष यो सङ्ख्या तीव्र गतिमा बढ्दै २२१ पुगेको र यो वर्षको अगस्टसम्म १५ गुणासम्म वृद्धि भएको सांसद युन हु–डुकले संसदीय सुनुवाइमा बताए।

हालै कम्बोडियामा एक दक्षिण कोरियाली कलेज विद्यार्थीको मृत्युको घटनाले दक्षिण कोरियाली समाजलाई गहिरो आघात पुर्‍याएको छ । ती विद्यार्थीको मृत्यु स्थानीय अपराधी समूहद्वारा अपहरण र यातना पश्चात् भएको बताइएको छ ।

सरकारका अनुसार धेरै दक्षिण कोरियाली नागरिकहरू उच्च तलबको प्रलोभनमा परेर कपटपूर्ण रोजगारी प्रस्तावमा फसेका छन् । राष्ट्रपति ली जे म्युङले मङ्गलबार मन्त्रिपरिषद्को बैठकमा कम्बोडियामा भएका हालका अपहरण घटनाले ‘दक्षिण कोरियालीहरूलाई गम्भीर क्षति पुगेको’ बताउँदै ती घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।

‘यो सङ्ख्या सानो छैन । हाम्रा नागरिकहरू आफ्ना परिवारका सदस्य, साथी तथा छिमेकीहरू बेपत्ता भएकोमा अत्यन्त चिन्तित छन्’, उनले भने, ‘सरकारले हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै उपलब्ध उपाय तुरुन्तै लागू गर्नुपर्छ ।’

राष्ट्रपति कार्यालयले दोस्रो उप–विदेशमन्त्रीको नेतृत्वमा संयुक्त प्रतिक्रिया टोली बुधबार कम्बोडिया पठाउने तयारी भएको जनाएको छ । साथै, राष्ट्रपतिका प्रवक्ता किम नाम–जुनका अनुसार सरकारले कम्बोडियाको यात्रा सल्लाह स्तर बढाउने विषयमा पनि विचार गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ५७ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ