टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ « Khabarhub

टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको छ ।

मंगलबार राति ३९ वर्षीय थापामाथि गोली प्रहार भएको थियो । अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो ।

पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् ।

घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती आक्रमणकारी गाडी चढेर फरार भएका थिए । बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो ।

आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ५४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति