सानिमा बैंकले ल्यायो ‘नयाँ रहर, नयाँ अफर’ योजना, के छन् सुविधा ? « Khabarhub

सानिमा बैंकले ल्यायो ‘नयाँ रहर, नयाँ अफर’ योजना, के छन् सुविधा ?


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजारसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ चैत २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रालीको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : १२ बजे

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का