निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा « Khabarhub

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ ।” उनले भने, “पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन् ।”

वर्तमान सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो ।

सरकार हटाउन पार्टीले सक्रियता नदेखाएको भन्ने पार्टीका नेताको भनाइप्रति लक्षित गर्दै कांग्रेस सभापति देउवाले वास्तविकताको धरातलमा उभिएर अघि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । उनले भने, “अहिलेको वास्तविकता बुझिदिनुस्, संसद्मा सङ्ख्या कम छ, दुई पटक बैठक बोलाउन प्रयास गरेकामा सङ्ख्या नै नपुगेर स्थगित भयो । नेपालको संविधानअनुरुप एक चौथाइ सदस्यले संसद् बोलाउन पनि हामीसँग सङ्ख्या पुग्दैन, त्यसैले यो गरेन त्यो गरेन भनेर नेतृत्वलाई आरोप मात्रै लगाएर हुन्न ।”

सोही कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेस अल्मलिनुहुन्न भन्ने भनाइप्रति प्रतिप्रश्न गर्दै सभापनि देउवाले अहिले परिस्थिति अनुकूल नभएको र जनताको घरदैलोमा पुगेर जनमत बनाएपछि सरकार बन्ने तर्क गरे । “जनताले पत्याएपछि कांग्रेस सरकारमा आइहाल्छ नि, जनता देशको मालिक हो, जनताको दिल जित्ने गरी मत मागौँ माहोल बनाऊ”, सभापति देउवाले भने ।

कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको भन्दै अगाडि थपे, “म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले व्यवस्था अस्तव्यस्त बनाउन वर्तमान प्रधानमन्त्री उद्यत रहेको आरोप लगाउँदै यस किसिमका गलत प्रवृत्तिका विरुद्ध एकजुट हुन पनि आह्वान गरे । उनले निजामती ऐन खारेज गरेर कर्मचारी अनुकूल बनाउनेतर्फ आफ्नो पार्टीले सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिए । उनले भने, “पार्टीको अधिवेशन नभएको बेलामा चुनावमा हाम फाल्नु हुन्न, लोकतन्त्रलाई बचाउन हामी आफैँले लोकतान्त्रिक आचरण देखाउनुपर्‍यो, चुनाव चुनाव हैन सत्ताको विकल्प खोजिनुपर्छ ।”

जिल्ला विभागीय अध्यक्ष एवं आधिकारिक ट्रेड युनियनका अध्यक्षहरू र विधान प्रतिनिधिको दुईदिने भेला तथा अधिवेशनले निजामती प्रशासनलाई निष्पक्ष, क्षमतावान् र प्रभावकारी बनाएर जनताको सेवालाई प्रभावकारी बनाउने दिशामा आगामी रणनीति तय गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ३० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले