प्रदेश १ प्रदेशसभा बैठक आज पनि अवरुद्ध « Khabarhub

प्रदेश १ प्रदेशसभा बैठक आज पनि अवरुद्ध


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ।

आज (शुक्रबार) १ बजे तय भएको बैठक प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सदन अवरुद्ध पारेका हुन्।

बैठक शुरू हुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन्।

संसदमा बोल्दै मगरले चालू वर्षका आयाजनाहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको र त्यसको कार्यान्वयनको ग्यारेन्टी गर्न माग गरेका छन्। उनले आफूहरु निर्वाचन क्षेत्रमा गइरहँदा जनताका नजरमा शिर उठाएर प्रदेश सभाका सदस्यहरु हौ भन्नै नैतिक साहस कमजोर बनेको बताए।

बहुवर्षे सडक पुल र अन्य कार्यक्रम मंसिरबाटै कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए पनि पूरा नगरेको र धेरै योजनाहरू सुचारू हुन नसकेको उनले बताए।

उनले राजनीतिक आस्थाका आधारमा जथाभावी कर्मचारीहरूको सरूवा गरेर आतंक सृजना गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै उनले भने,‘यी मागहरू सम्वोधन नभएसम्म हामी सदन सुचारू हुन दिँदैनौ।’ प्रदेशसभाको बैठक चैत ३० गते सोमबारसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : २४ बजे

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको