प्रदेश १ प्रदेशसभा बैठक आज पनि अवरुद्ध | Khabarhub Khabarhub

प्रदेश १ प्रदेशसभा बैठक आज पनि अवरुद्ध


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ।

आज (शुक्रबार) १ बजे तय भएको बैठक प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सदन अवरुद्ध पारेका हुन्।

बैठक शुरू हुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन्।

संसदमा बोल्दै मगरले चालू वर्षका आयाजनाहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको र त्यसको कार्यान्वयनको ग्यारेन्टी गर्न माग गरेका छन्। उनले आफूहरु निर्वाचन क्षेत्रमा गइरहँदा जनताका नजरमा शिर उठाएर प्रदेश सभाका सदस्यहरु हौ भन्नै नैतिक साहस कमजोर बनेको बताए।

बहुवर्षे सडक पुल र अन्य कार्यक्रम मंसिरबाटै कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए पनि पूरा नगरेको र धेरै योजनाहरू सुचारू हुन नसकेको उनले बताए।

उनले राजनीतिक आस्थाका आधारमा जथाभावी कर्मचारीहरूको सरूवा गरेर आतंक सृजना गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै उनले भने,‘यी मागहरू सम्वोधन नभएसम्म हामी सदन सुचारू हुन दिँदैनौ।’ प्रदेशसभाको बैठक चैत ३० गते सोमबारसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : २४ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।