प्रधानमन्त्री ओलीको गीतलाई अवार्ड « Khabarhub

प्रधानमन्त्री ओलीको गीतलाई अवार्ड


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ को भिडियोले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेको छ । भिडियोमा मोहन निरौलाको निर्देशन छ ।

राजधानीमा हिजो बिहीबार आयोजित ‘चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७७’मा पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्देशक निरौलालाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको हो ।

गीतमा शान्तिराम राईको संगीत तथा मेलिना राईको स्वर छ । भिडियोमा रवीन्द्र खड्का, मोहन निरौला, रमेश पौडेल, पवित्रा आचार्य, प्रकृति केसी, आशा भुसाल, चेतबहादुर सिंह, सुनिल कटवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय छ ।

भिडियोमा पवित्राको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल