नैतिकताको आधारमा ओलीले पदबाट राजीनामा दिनु पर्छ : चित्रबहादुर केसी « Khabarhub

नैतिकताको आधारमा ओलीले पदबाट राजीनामा दिनु पर्छ : चित्रबहादुर केसी


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई मध्यावधि निर्वाचन तर्फ धकेल्ने षड्यन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको आरोप लगाएका छन् ।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरि देशलाई मध्यावधि निर्वाचन तर्फ धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट् फुट् भएका कम्युनिस्टहरू फेरि मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले ओलीले राजीनामा दिनुपर्ने बताए ।

केसीले सरकार जनताको आधारभूत समस्याहरू समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताए । केसीले संघीयताले मुलुकलाई बोझ थपेको भन्दै संघीयता खारेजीको माग गरे ।

चौथो राष्ट्रिय सम्मेलनले पुन: केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ३८ बजे

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा