नैतिकताको आधारमा ओलीले पदबाट राजीनामा दिनु पर्छ : चित्रबहादुर केसी | Khabarhub Khabarhub

नैतिकताको आधारमा ओलीले पदबाट राजीनामा दिनु पर्छ : चित्रबहादुर केसी


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई मध्यावधि निर्वाचन तर्फ धकेल्ने षड्यन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको आरोप लगाएका छन् ।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरि देशलाई मध्यावधि निर्वाचन तर्फ धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट् फुट् भएका कम्युनिस्टहरू फेरि मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले ओलीले राजीनामा दिनुपर्ने बताए ।

केसीले सरकार जनताको आधारभूत समस्याहरू समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताए । केसीले संघीयताले मुलुकलाई बोझ थपेको भन्दै संघीयता खारेजीको माग गरे ।

चौथो राष्ट्रिय सम्मेलनले पुन: केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ३८ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो