वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै « Khabarhub

वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकासहित वागमती प्रदेश र प्रदेश– १ मा मेघ गर्जनसहित वर्षा भएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीका कारण वागमती प्रदेश र प्रदेश १ मा मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो गण्डकी प्रदेशमा वर्षा भएको छ । उक्त प्रणाली पूर्वतर्फ सरेकाले बेलुकी वागमती र प्रदेश १ मा वर्षा भएको हो । हाल गण्डकी प्रदेशमा भने मौसम सफा रहेको छ ।

वागमती प्रदेश र प्रदेश १ मा अबको एक/डेढ घण्टासम्म वर्षा हुने महाशाखाले जनाएको छ ।

सामान्य वर्षा हुन थालेसँगै पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा लागेको बाक्लो तुवालो हट्दै गएको छ । हावासँगै वर्षा भएकाले भोलि उपत्यकाको मौसम सफा रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

‘वर्षा शुरू भएसँगै देशका विभिन्न भागमा लागेको डढेलोको कारण काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषण कम हुँदै गएको छ ।’ उनले भनिन्, ‘डढेलो बढ्यो र हावाको गति कम भयो भने फेरि वायु प्रदूषण बढ्न सक्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : १५ बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच