गण्डकी प्रदेशमा मन्त्री चुमानले राजीनामा दिएपछि बस्नेतलाई जिम्मेवारी | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा मन्त्री चुमानले राजीनामा दिएपछि बस्नेतलाई जिम्मेवारी


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट हरिबहादुर चुमानले राजीनामा दिएपछि प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई यो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो । मन्त्री बस्नेतले शुक्रबार कानून मन्त्रालयको पनि पदभार ग्रहण गरे ।

बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका हुन् ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापामगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका चुमानले बुधबार राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र