गण्डकी प्रदेशमा मन्त्री चुमानले राजीनामा दिएपछि बस्नेतलाई जिम्मेवारी « Khabarhub

गण्डकी प्रदेशमा मन्त्री चुमानले राजीनामा दिएपछि बस्नेतलाई जिम्मेवारी


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट हरिबहादुर चुमानले राजीनामा दिएपछि प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई यो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो । मन्त्री बस्नेतले शुक्रबार कानून मन्त्रालयको पनि पदभार ग्रहण गरे ।

बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका हुन् ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापामगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका चुमानले बुधबार राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : २२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट