तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन « Khabarhub

तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (सिन्ह्वा)- भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने भएको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च (२६ हजार सङ्क्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।”

तमिलनाडुमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो।

सरकारले जारी गरेको निर्देशन अनुसार बन्दाबन्दीका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : २५ बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख