नेपाली दूतावास साउदीका थप एक कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास साउदीका थप एक कर्मचारीलाई कोरोना संक्रमण


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका थप एक जना कर्मचारीलाईकोरोना संक्रमण भएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै फ्रण्ट डेस्कमा काम गर्ने थप कर्मचारी कोभिड – १९ बाट संक्रमित भएकाले जनाएको छ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी संक्रमित भएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा तीन दिनका लागि बन्द गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दूतावासका नियमित कामकाज अब इदपछि अर्थात मई १६ तारिखदेखि मात्रै सुचारू हुने जनाएको छ । यसअघि पनि दूतावासका एक कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरिएको थियो ।

दूतावासमा सम्पर्क गर्नुपरेमा ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न समेत अनुरोध छ ।

विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ । यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगानाः [email protected] मार्फत् समेत आफ्नो समस्या राख्न सकिने जनाएको छ ।

यसैगरी, ओमानस्थित नेपाली दूतावास पनि तीन दिन बन्द हुने भएको छ । दूतावासले एक बिज्ञप्ति जारी गर्दै ९ देखि ११ मई  सम्म सेवा बन्द रहने जनाएको छ ।

‘कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमनको उच्च स्तरीय समितिले वक्तव्य जारी गरी आगामी ९ मेदेखि ११ मेसम्म सम्पूर्ण सरकारी कार्यालय तथा सेवा प्रदायक निकायहरूमा भौतिक उपस्थितिमा प्रवाह हुने सेवा स्थगन गर्न आह्वान गरेकाले उक्त अवधिमा दूतावासमा समेत प्रत्यक्ष उपस्थित भएर प्रदान गरिने सेवा स्थगन गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अत्यावश्यकीय सेवाको लागि ७१५९२४९० तथा श्रम सम्बन्धी जानकारीका लागि ७१५९२५०६ मा सम्पर्क गर्न सकिने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ५२ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य