१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक जना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बजार भाउ भन्दा झण्डै दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको हो । प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ ।

तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ४० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि