१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक जना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बजार भाउ भन्दा झण्डै दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको हो । प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ ।

तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ४० बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार