काठमाडौँ- संसदको विशेष अधिवेशनको पूर्वसन्ध्यामा २६ सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमित २६ सांसदलाई प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतमा कसरी सहभागी गराउने भन्ने परामर्श हुन लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि केही दिनअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकारलगायतको स्वाब परीक्षण गरिएको थियो । सो परीक्षणबाट २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया