जसपा नेता ठाकुर र महतो देउवा निवास बुढानिलकण्ठमा « Khabarhub

जसपा नेता ठाकुर र महतो देउवा निवास बुढानिलकण्ठमा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिन लागिरहँदा ठाकुर र महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका भनिएका अध्यक्ष ठाकुर पक्षधरले देउवासँग वैशाख २७ गतेपछिको राजनीतिक सहकार्य प्रष्टता खोजेको एक नेताले बताएका छन् ।

जसपाभित्र प्रधानमन्त्री ओलीको विश्वासको मत दिने नदिने भन्नेमा विवाद छ । संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष ठाकुर पक्षमा छन् ।

ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपाको ठाकुर पक्षधरहरू तटस्थ बस्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ओलीले विश्वासको मत लिने तयारी गरेसँगै देउवासँग अरू राजनीतिक दलका नेताहरूको भेटवार्ता बाक्लिएको छ ।

देउवालाई उनकै निवासमा पुगेर प्रधानमन्त्री ओली, एमालेकै नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाकै नेता उपेन्द्र यादव लगायतले भेटेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख