दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण | Khabarhub Khabarhub

दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।

“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”

वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उनले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताए । वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८/१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भने, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”

थप १६ कोरोना सङ्क्रमित भेटिए

दार्चुलामा वैशाख १५ गतेयता कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । शनिबार मात्रै जिल्लाका विभिन्न क्षेत्रमा गरिएको एन्टिजेन परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकाअन्तर्गत पर्ने पुलघाट नाकामा सात, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा तीन/तीन, मालिकार्जुनमा दुई तथा दुहुँ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्टले जानकारी दिए ।

अहिलेसम्म महाकाली नगरपालिकामा सबैभन्दा बढी ७६, शैल्यशिखर नगरपालिकामा २१, लेकम गाउँपालिमा १७ र अपिहिमाल गाउँपालिकामा १२ कोरोना सङ्क्रमित रहेका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा आठ, नौगाड गाउँपालिकामा दुई, मार्मा गाउँपालिकामा १९ तथा दुहुँ गाउँपालिकामा सात गरी १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमित देखिएकामध्ये हालसम्म जिल्लामा एक पुरुष र एक महिला गरी दुईको मुत्यु भएको छ भने जिल्लाबाहिर उपचारका क्रममा तीन गरी जिल्लाका पाँच नागरिकको कोरोना सङ्क्रमणबाट मुत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : २५ बजे

कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए

उदयपुर- बाढीपहिरोको क्षतिबारे स्थलगत बुझेर प्रदेश राजधानी फर्किने क्रममा कोशीकी

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता

काठमाडौं- गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका

बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ?

बाढी पहिरोका कारण काभ्रेको नार्के, कालढुंगा र आँपटारी भन्ने ठाउँमा

एआईको प्रयोग मानवको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ) को