व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर « Khabarhub

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रहरीले सङ्कलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताए । व्यवसायीसँग प्रहरीले सङ्कलन गरेका अक्सिजन सिलिन्डर जिल्लाभित्रका कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिए ।

डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्तान्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

अक्सिजन सिलिन्डर ग्रिल उद्योग, वर्कशप, कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट सङ्कलन गरिएको हो । जिल्लामा हालसम्म कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४० बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको