बिहेको दिन अर्कै बेहुलीको मण्डप पुगेपछि… « Khabarhub

बिहेको दिन अर्कै बेहुलीको मण्डप पुगेपछि…


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो विवाहको दिन हरेक व्यक्ति उत्सुक हुन्छन् । नयाँ व्यक्तिसंग गासिएको सम्बन्धपछि उनैको साथमा पुरै जीवन बिताउने भएकाले पनि विवाह उत्सुकमय हुन्छ । तर कुनै बेहुलाले आफ्नी बेहुलीको सट्टा अरु नै बेहुलीसंग विवाह गर्न विवाह मण्डप पुग्छन् होला ?

इण्डोनेशियाको सेन्ट्रल जावास्थित मेगलैंगमा एक विवाह समारोहमा गूगल म्यापको प्रयोग गर्दा एक बेहुला आफ्नी बेहुलीको सट्टा अर्की बेहुली समक्ष पुगेका छन् । ट्रिब्यूनन्यूज डट कमका अनुसार एक बेहुला आफ्नो विवाह हुने दुलहीको समारोह स्थलको सट्टा अर्की बेहुलीकोमा पुगे ।

विवाहमा जादाँ बेहुलाले गूगल म्याप पछ्याउदै जादाँ अरु कसैको विवाह स्थानमा पुगे । तर त्यहा विवाहको तयारी भने थिएन । विवाहअघि इन्गेजमेन्ट गर्ने कार्यक्रम भएकाले त्यसैको पार्टी भइरहेको थियो । जहाँ यी बेहुला पुग्नासाथ बेहुलीका परिवारसंग हात मिलाए र विवाह स्थलमा तयार पारेको कुर्सीमा समेत बसे । त्यस इन्गेजमेन्टमा पुग्नु पर्ने बेहुला ढिला हुदाँ र अर्का बेहुला त्यहा पुग्दा बेहुलीका परिवारलाई उनीहरु नै इन्गेजमेन्टमा आएको ठाने ।

भिडियो हेर्नुहोस्

बिहे गर्न पुगेका बेहुला इन्गेजमेन्टको कार्यक्रममा केहिबेर कुरे । किनभने त्यहाकी बेहुली मेकअप गर्दै थिइन् । तर जब इन्गेजमेन्ट गर्ने विधि अनुसार उनी तयारीका साथ आइन् तब भने त्यहा ठुलो हंगामा भयो । ति बेहुलीले ति आफ्नो बेहुला नभएको बताइन् । यसका साथै बेहुलाले पनि आफुहरु गल्तीका कारण त्यहा पुगेको भन्दै माफि माग्दै त्यहाबाट गए । यसबारे त्यहाकी बेहुली उल्फाले बताए अनुसार उनको र अर्की बेहुलीको विवाह स्थल नजिकै भएकोले बेहुला झुक्किएर त्यहा आइपुगे । यस बिषयमा भने बेहुलाले आफुलाई सार्वजनिक नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ३१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री