जसपाका नेताले कांग्रेस सभापतिलाई भने– हामी तटस्ठ बस्छौँ « Khabarhub

जसपाका नेताले कांग्रेस सभापतिलाई भने– हामी तटस्ठ बस्छौँ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा आज भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने बताएका छन् ।

छलफलका लागि आफ्नो निवासमा बोलाएका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए ।

देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जानकारी दिँदै नेता महतोले प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतका सन्दर्भमा कुराकानी भएको बताए । उनले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आग्रह गरेको भन्दै आफूहरुले विश्वासको मतको पक्षमा नजाने विगतमा उठाएको मागको सम्बोन नभएको बताएका थिए ।

अहिले आफ्नो पार्टीको एकतालाई पनि जोगाउन पनि यस विषयमा आफूहरु तटस्थ बस्ने महतोले बताए । उनले आजै शीर्ष नेताबीचको छलफलले आवश्यक रणनीति तयार पार्ने जानकारी दिए । ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : २७ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका