एउटै सिलिन्डरबाट तीन जनाको उपचार ! | Khabarhub Khabarhub

एउटै सिलिन्डरबाट तीन जनाको उपचार !


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– देशभर कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव चुलिन थालेको छ । अक्सिजन अभावकै कारण अब एकै सिलिन्डरले धेरै बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको छ ।

कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा पनि अक्सिजन अभाव भएपछि एकै सिलिन्डरबाट सामूहिक उपचार थालिएको छ ।

अक्सिजनसहित उपचारमा आवश्यक उपकरण अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजनको अभावमा बिरामी समस्यामा परेका छन् । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।

कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै बिरामी राखेर उपचार थालिएको छ।

स्थानीय सरकारले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान शुरू गरिएको छ ।

कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट ६४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : १२ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा