७ केजी यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ « Khabarhub

७ केजी यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च विस्फोटक क्षमतायुक्त रेडियोएक्टिभ यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ परेका छन् ।

महाराष्ट्रको एन्टिटेरर स्क्वाडले सात केजी यूरेनियमसहित उनीहरूलाई पक्राउ गरेको हो । त्यसको मूल्य साढे ३३ करोड (२१ करोड भारतीय रुपैयाँ) पर्ने प्रहरीले जनाएको छ । निजी ल्यावमा परीक्षण गरिरहेका उनीहरूलाई सुराकीको सूचना अनुसार पुगेको प्रहरीले पक्राउ गरेको हो ।

उक्त ल्याबसहित ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको इण्डिया टुडेले जनाएको छ । मुम्बईंको एक ल्याबले दिएको सूचना अनुसार प्रहरीले छापा मारेको थियो ।

गत फ्रेब्रुअरीमै भारतीय प्रहरीलाई जिगर पाण्ड्या नामको एक व्यक्तिले गैर कानुनी रुपमा यूरेनियमका केही पिस बिक्री गरिरहेको सुचना प्राप्त भएको थियो ।

त्यसपछि प्रहरीले उक्त गिरोहलाई समात्न जाल बिछ्याएको थियो । जिगर पाण्ड्यालाई पक्राउ गरेपछि उनले अबु ताहिर नामको एक व्यक्तिले आफूसँग भएको यूरेनियमका पिस दिने गरेको बयान दिएका थिए ।

यो पनि पढ्नुहोस्

के प्रहरीले सक्कली युरेनियम नै बरामद गरेको हो ?

साढे २ किलो बहुमुल्य धातु युरोनियमसहित ४ जना पक्राउ गरेको प्रहरीको दाबी

पाण्ड्याको बयानका आधारमा ताहिरलाई पनि पक्राउ गर्दै उक्त परिणाममा यूरेनियम बरामद भएको हो । हाल उक्त यूरेनियम परीक्षणका लागि ल्याबमा पठाइएको छ भने दुवै व्यक्ति मुम्बईं प्रहरीको नियन्त्रणमा रहेको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनीहरुलाई मे १२ सम्म थुनामा राखी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना