भक्तपुरबाट ९५ थान अक्सिजन सिलिण्डर संकलन « Khabarhub

भक्तपुरबाट ९५ थान अक्सिजन सिलिण्डर संकलन


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले जिल्लाभरबाट ९५ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । जसमध्ये २० वटा भरिएको र ७५ वटा खाली रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

संकलन भएका अक्सिजन सिलिन्डर सबै अस्पताललाई हस्तान्तरणसमेत गरिसकिएको उनले बताए । उनका अनुसार भक्तपुर अस्पताललाई भरिएको ५ र खाली ५० वटा गरी ५५ वटा उपलब्ध गराइएको छ । मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

त्यस्तै मध्यपुर थिमि नपाकै भक्तपुर इन्टरनेसनल अस्पताललाई भरिएको १२ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उक्त अवस्थामा अक्सिजन अभाव हुँदा केही दिनअघि दुईजना कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनुपरेको थियो ।

प्रहरी नायब उपरीक्षक गिरीले बाँकी ३ वटा भरिएको अक्सिजन सिलिन्डर ललितपुरस्थित अल्का अस्पताललाई उपलब्ध गराइएको बताए ।पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको छ । जसले गर्दा देशभरका अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव बढेको छ । सोही अभाव हटाउन केही मद्दत पुग्ने गरी भक्तपुर प्रहरीले गैरस्वास्थ्य क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर संकलन थालिएको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै