अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग « Khabarhub

अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् ।

उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।

काठमाडौँ उपत्यकाका धेरै अस्पतालमा अक्सिजनको गम्भीर अभाव हुन थालेको र यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : १२ बजे

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल