विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र « Khabarhub

विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र



बुटबल– लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै विपक्षी दलले आज प्रदेश प्रमुखको कार्यालयमा पत्र पेश गरेका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखको कार्यालयका सचिबलाई विशेष अधिवेशनको माग सहितको पत्र बुझाएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै ४ दलका सांसदले प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनको माग राखेको उनले बताए ।

‘दर्ता नं. १३३ मा हामीले विशेष अधिवेशनको मागसहित पत्र दर्ता गरेका छौँ’, उनले भने, ‘पहिले प्रदेश प्रमुखलाई भेट्न अनुरोध गरेका थियौँ, उँहाले कोभिडको कारण देखाउँदै भेट्न मान्नुभएन । त्यसपछि प्रदेश प्रमुखको कार्यालयका सचिबलाई भेटेर विशेष अधिवेनशको माग राख्दै पत्र बुझाएका छौँ ।’

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

बजेट अधिवेशन आउँदै गर्दा जेठको पहिलो साता भित्र विशेष अधिवेशनको माग राख्दै पत्र बुझाएको उनले बताए । ‘अब यो विषय सदनमा गएर टुंगो लाग्छ,’ उनले भने, ‘प्रदेश प्रमुखले विशेष अधिवेशनको आह्वान गुर्नहुनेछ ।’

वैशाख ६ गते आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न उनीहरुले माग राखेका छन । मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्तावसहित प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानको माग राखेको जसपाका सचेतक सहसराम यादबले जानकारी दिए ।

आइतबार नै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोंडियाको नेतृत्वमा ४ दलले प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : २४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२