कोरोनाका कारण वाग्मती तीर्थ यात्रा स्थगित | Khabarhub Khabarhub

कोरोनाका कारण वाग्मती तीर्थ यात्रा स्थगित


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा स्थगित गरिएको छ ।

कोरोनाबाट बच्न बन्दाबन्दी गरिएका कारण गत वर्ष पनि वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएकाले जात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ने मुनिले शुरु गर्नुभएको विश्वास गरिने सो तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएकामा कोषका सदस्यसचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः शुरु भएको हो ।

विसं २०७५ मा ३५ र विसं २०७६ मा १०८ जनाले वाग्मती तीर्थ यात्रामा सहभागिता जनाएका थिए । लामो समयपछि पुनः शुरु गरिएकाले दुवै वर्ष वैशाख शुक्ल षष्ठीदेखि मात्र यात्रा शुरु गरिएको थियो । विसं २०४१ सम्म भने वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो ।

तीर्थयात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्मसमेत गरिन्छ । विसं २०७५ मा निरन्तरता दिँदा सात दिनको यात्रा गराइएको थियो । विसं २०७६ मा भने दुई दिन बढाएर नौ दिन गरिएको थियो ।

विसं २०७७ देखि पुनः यात्राको दिन अझ बढाउने तयारी गरिएकामा कोरोनाका कारण दुवै वर्ष स्थगित गर्नुपरेको कोषका सदस्यसचिव ढकालले सुनाउनुभयो । आगामी वर्षदेखि भने यात्रालाई पुनः निरन्तरता दिइने जनाइएको छ ।

विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । विसं २०७५ र २०७६ को तीर्थयात्रामा पानी पूर्णरुपमा स्वच्छ नभएकाले हातले छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी मदन भट्टले गुनासो गरे ।

तीर्थयात्राले वाग्द्वारकै जस्तो स्वच्छ पानी कटुवाल दहबाट उपत्यकाबाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानलगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्यसचिव ढकालले बताए ।

तीर्थयात्रा समूह पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गरी निस्कन्छ । पशुपतिबाट निस्की कटुवालदहबाट सुन्दरीघाट, टेकु, शङ्खमूल, पशुपति क्षेत्र, गोकर्णेश्वर, सुन्दरीजल, वाग्मतीको उद्गमस्थल, बूढानीलकण्ठ हुँदै साँखु बज्रयोगिनीबाट पुनः पशुपति रुद्रगाडेश्वर आएर समापन गर्ने विधि छ ।

यस क्रममा १६५ तीर्थमा स्नान, पूजा, दर्शन गरिन्छ । तीर्थयात्री बास बसेको स्थानमा विशेष पूजा, यज्ञ हुन्छ । यात्रा समापनका अवसरमा गोदान, शथ्यादानसमेत हुने विधि रहेको पुजारी भट्टले सुनाए । ३५ वर्षसम्म रोकिएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको तीर्थयात्रा संस्कृतिले पुनर्जागरण प्राप्त गरे पनि कोरोनाका कारण दुई वर्ष फेरि रोकिनुपरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ५३ बजे

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम