यसरी हटाउन सकिन्छ ‘डार्क सर्कल’ « Khabarhub

यसरी हटाउन सकिन्छ ‘डार्क सर्कल’


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आखाँ मुनि देखा पर्ने कालो घेरालाई अंग्रेजीमा ‘डार्क सर्कल’ भनिन्छ । यसले आँखाको सुन्दरतामा मात्र ह्रास ल्याउदैन अनुहारको सुन्दरतामा समेत नकारात्मक प्रभाव पार्दछ ।

डार्क सर्कल बढी काम गर्ने, अत्यधिक सोचि रहेन, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणले आँखा वरिपरि देखापर्ने गर्दछ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । तर केहि भिटामिनको सेवन गरेमा यस प्रकारको समस्या हट्ने गर्दछ ।

१. भिटामिन ई
भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले छालामा जम्मा भएको विकार शरीरबाहिर निकालेर अनुहार चम्किलो बनाउँछ । तसर्थ यो समस्या हटाउन पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर जस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।

२. भिटामिन ए
भिटामिन एयुक्त खानाको सेवनले छालाको मर्मत र कसिलो बनाउन मद्दत गर्दछ ।साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । तसर्थ डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदिको बढी सेवन गर्नु पर्दछ ।

३. भिटामिन सी
भिटामिन सीको सेवनले मष्तिकमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले राम्रोसँग निदाउन मद्दत गर्दछ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खानेकुराको सेवन गरेमा डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

४. भिटामिन के
भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चार पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ लगायतका भिटामिन केयुक्त खानेकुरा प्रशस्त खाएमा डार्क सर्कल घट्ने गर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ५४ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६