माधव नेपालसँगको भेटपछि नेम्बाङले भने : खुलस्त कुरा भयो, ती कुरा पार्टी अध्यक्षसामु पुर्‍याउँछौँ « Khabarhub

माधव नेपालसँगको भेटपछि नेम्बाङले भने : खुलस्त कुरा भयो, ती कुरा पार्टी अध्यक्षसामु पुर्‍याउँछौँ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजीनामा बुझाउन संघीय संसद सचिवालयमा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीच भएको छलफल सकिएको छ ।

छलफलमा सहभागी एमाले नेता सुवा नेम्बाङका अनुसार आजको छलफलका क्रममा पार्टीभित्र देखिएको विवादका विषयमा गम्भिर छलफल भएको छ । छलफल सकिएपछि उनले भने,‘खुलस्त कुरा भयो । प्रधानमन्त्रीको चिन्ता र सरोकार माधवकुमार नेपालसमक्ष राख्यौँ । सम्पूर्ण पार्टीपंक्तिको चिन्ता र सरोकार राख्यौँ। उहाँले पनि आफ्ना कुरा खुलस्त भन्नुभयो । हामीले ति कुराहरु पार्टी अध्यक्षसँग पुर्‍याउँछौं ।’

पार्टी एकतालाई वलियो बनाएर लैजानुपर्छ भन्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समेत सकारात्मक देखिएको पाइएको उनले जानकारी दिए । उनले भने,‘पार्टी एकतालाई बलियो बनाउने विषय हाम्रो कुराकानीमा पनि त्यो प्रतिबिम्बित भएको पायौँ ।’

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सकभर छिटो फेरि छलफल गरेर टुंगोमा पुग्ने नेता नेम्वाङले बताए ।

उनले भने,‘भरसक चाँडो टुंगोमा पुर्‍याउनका लागि ठोस रुपमा के आधारहरु हुनसक्छन् त्यसबारेमा सल्लाह गर्न पार्टीलाई एकताबद्ध बनाउने बारेमा फेरि पनि छलफल गर्ने भन्ने निष्कर्षका साथ छलफल सकिएको छ ।’

भोलि बिहान समेत छलफल हुनसक्ने बताएका नेता नेम्वाङले फेरि कहिले छलफल गर्ने भन्ने खुलाएनन् ।

नेता पौडेल र नेम्वाङसँगको छलफल सकिएपछि वरिष्ठ नेता नेपाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा शुरु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०८ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६