माधव–झलनाथ समूहको राजीनामा रोकियो « Khabarhub

माधव–झलनाथ समूहको राजीनामा रोकियो


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरूको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो ।

ओलीले आफ्नो कदम नसच्चाए माधव–झलनाथ समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । तर, संसद् सचिवालयमा माधव–झलनाथ समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।

दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन । नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताए ।

​उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँले राजीनामाबारे विचार गर्छु भन्नुभएको छ । उहाँहरु विनाशको बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन ।’

यस्तै बैठकपछि नेम्वाङले पनि माधव–झलनाथ समूहको राजीनामाको कुरा चर्चा मात्रै भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५७ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका