सक्रिय संक्रमितको संख्या ८८ हजार नाघ्यो, झण्डै आधा काठमाडौँ उपत्यकामा « Khabarhub

सक्रिय संक्रमितको संख्या ८८ हजार नाघ्यो, झण्डै आधा काठमाडौँ उपत्यकामा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ८८ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको आइतबारको तथ्यांक अनुसार २६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांक हेर्दा देशभर रहेका सक्रिय संक्रमितको आधीजसो सक्रिय संक्रमित काठमाडौँ उपत्यकामा रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा २७ हजार ६६०, भक्तपुरमा ३ हजार ९१२ र ललितपुरमा ६ हजार १० गरी उपत्यकामा मात्र ३७ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा बढी सक्रिय संक्रमित भएकै कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलगायत धेरै अस्पतालहरुमा वेडको अभाव सृजना भइसकेको छ भने वेडको अभावमा मानिसहरु अक्सिजन सिलिन्डर बोकेर अस्पतालको बाहिर समेत बसिरहेको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब