कोरोना महामारी नियन्त्रणमा आविष्कार केन्द्रको काम प्रशंसनीय :  उपप्रधानमन्त्री पोखरेल  | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रणमा आविष्कार केन्द्रको काम प्रशंसनीय :  उपप्रधानमन्त्री पोखरेल 


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

सिंहदरबारमा आज आविष्कार केन्द्रका अध्यक्ष रहेका महावीर पुनसँगको भेटमा उपप्रधानमन्त्री पोखरलेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेको बताउँदै सरकारका तर्फबाट सहयोग गर्ने उनले बताए।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए।

उनकाअनुसार आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई निःशुल्क वितरण गरिसकेको छ। पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसार अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ४५ बजे

युइएफए नेसन्स लिग : स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल

काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा