एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने मौका « Khabarhub

एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने मौका


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने भएका छन । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू हुने घोषणा गरेको छ ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७दिनको लागि संचालनमा रहने भएको छ ।
यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभलिनुका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेकोे विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्धत गर्ने भएको छ ।

यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमनकल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफलहुनेछन् ।

७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमनकुल संख्या, औसतकल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयीग्राहकको नाम घोषणा गरिनेछ ।

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिने एनसेलले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : १० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब