चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसे « Khabarhub

चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसे


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको लङ मार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ ।

गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो ।
कार्यालयका अनुसार चाङ झेङ ५बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो, र उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो, कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो । मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो ।

शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो । (रासस–एएनआई)

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र