१ हजार बढी कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत (विवरणसहित) « Khabarhub

१ हजार बढी कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत (विवरणसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर हाल ८३२ कोरोना संक्रमितको आईसीयूमा र २६७ को भेन्टिलेटरमा गरी कुल १ हजार ९९ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ११३ जना आईसीयूमा र १७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४४३ जनाआईसीयूमा र १५७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८६ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १६९ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ३० बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।