काठमाडौँ शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश « Khabarhub

काठमाडौँ शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ रेजर्स शीर्ष स्थानमा रहँदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे । चितवनका राजिब लोप्चनले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका हुन् ।

खेलको ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका हुन् ।

त्यसपछि खेलको ४० औं मिनेटमा राजिब लोप्चनले एक गोल फर्काए पनि चितवन २–१ ले पराजित भयो । यस जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।

चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ४५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ