के हो कालोढुसी, कस्ता मानिस छन् जोखिममा ? « Khabarhub

के हो कालोढुसी, कस्ता मानिस छन् जोखिममा ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकोले समयमा नै ध्यान पुर्‍याउनु आवश्यक छ । तर कालो ढुसी कोरोना संक्रमणजस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ।

– ज्वरो आउने ।

– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।

– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।

– नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने ।

– दाँत दुख्ने वा हल्लिने ।

कस्ता व्यक्तिमा बढी जोखिम ?

– ४५ देखि ६५ उमेर समूह

– मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

– धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु

रोकथामका उपायहरु

– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

– व्यक्तिगत स्वच्छतामा ध्यान दिने

– घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।

– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने ।

– नुनिलो पानीले नाक सफा गर्ने

– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।

– जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।

– मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने ।

– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।

साभार : स्वास्थ्य खबरपत्रिकापुस्तकबाट

 

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल