विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी « Khabarhub

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी

८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ ।

बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय संक्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा संक्रमण फैलिएको छ । संक्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा संक्रमण भएको थियो । जसमध्ये ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ५० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण