सहुलियत पसलमा उपभोक्ताको भीड बढेपछि निषेधाज्ञा पालना गर्न निर्देशन « Khabarhub

सहुलियत पसलमा उपभोक्ताको भीड बढेपछि निषेधाज्ञा पालना गर्न निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शनिवारबाट उपभोक्तालाई सहुलियत दिन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले शुरु गरेको खाद्यान्न बिक्री मंगलबारदेखि प्रभावित भएको छ ।

निषेधाज्ञाको समयमा पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्पोरेसनको खाद्यान्न बिक्री कक्षमा भीडभाड बढेपछि जिल्ला प्रशासनले मंगलवार निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको हो ।

‘निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नुस् भन्दै मंगलवार बिहान जिल्ला प्रशासनबाट फोन आयो’, कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले भने, ‘सरकारले तोकेको समय भनेको बिहान ७ देखि ९ बजेसम्म हो हामी त्यही अनुसार बिक्री वितरण गर्नेछ ।’

प्रशासनको आग्रहलाई पालना गर्दै कर्पोरेसनले मंगलवारबाट नै अर्थर्थ र वाणिज्य मन्त्रालयलाई जानकारी गराएर बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सेवा सञ्चालन गरेको उनले बताए ।

उपत्यकामा कर्पोरेसनका ७ ठाउँमा रहेका बिक्री कक्षबाट पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासको बिक्री वितरण भइरहेको छ ।

सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभरि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्यवस्तुमा २० प्रतिशत छुट घोषणा गरेको थियो ।

शनिवारदेखि दुवै कम्पनीले पाँच जनाको परिवारका लागि दिइने खाद्य सामग्री र खाना पकाउने ग्यासमा छुट कार्यान्वयनमा ल्याएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : २५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै