सहुलियत पसलमा उपभोक्ताको भीड बढेपछि निषेधाज्ञा पालना गर्न निर्देशन « Khabarhub

सहुलियत पसलमा उपभोक्ताको भीड बढेपछि निषेधाज्ञा पालना गर्न निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शनिवारबाट उपभोक्तालाई सहुलियत दिन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले शुरु गरेको खाद्यान्न बिक्री मंगलबारदेखि प्रभावित भएको छ ।

निषेधाज्ञाको समयमा पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्पोरेसनको खाद्यान्न बिक्री कक्षमा भीडभाड बढेपछि जिल्ला प्रशासनले मंगलवार निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको हो ।

‘निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नुस् भन्दै मंगलवार बिहान जिल्ला प्रशासनबाट फोन आयो’, कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले भने, ‘सरकारले तोकेको समय भनेको बिहान ७ देखि ९ बजेसम्म हो हामी त्यही अनुसार बिक्री वितरण गर्नेछ ।’

प्रशासनको आग्रहलाई पालना गर्दै कर्पोरेसनले मंगलवारबाट नै अर्थर्थ र वाणिज्य मन्त्रालयलाई जानकारी गराएर बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सेवा सञ्चालन गरेको उनले बताए ।

उपत्यकामा कर्पोरेसनका ७ ठाउँमा रहेका बिक्री कक्षबाट पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासको बिक्री वितरण भइरहेको छ ।

सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभरि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्यवस्तुमा २० प्रतिशत छुट घोषणा गरेको थियो ।

शनिवारदेखि दुवै कम्पनीले पाँच जनाको परिवारका लागि दिइने खाद्य सामग्री र खाना पकाउने ग्यासमा छुट कार्यान्वयनमा ल्याएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : २५ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको