विपदका ९ घटना : ५ सयभन्दा बढीको मृत्यु, अर्बौको क्षति « Khabarhub

विपदका ९ घटना : ५ सयभन्दा बढीको मृत्यु, अर्बौको क्षति



काठमाडौँ– वैशाख २४ गते गूल्मीको मुसिकोट नगरपालिका ४ मा चट्याङ लाग्दा एक जनाको भयो भने ८ जना घाइते भए ।

वैशाख २० गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका २ बाम्तीमा आगलागीमा परी घरभित्रै जलेर एक दम्पतीको मृत्यु भयो ।

वैशाख ३० गते मर्निङवाकमा जाँदा जङ्गली हात्तीका आक्रमणमा परी झापामा एक व्यक्तिले ज्यान गुमाए ।

यी केही प्रतिनिधि घटना हुन् । मनसुन शुरु भएसँगै बाढी पहिरो र सुख्खायाम शुरु भएपछि हावाहुरी, चट्याङ, आगलागीका घटना हुने गर्छन् । जसबाट हरेक वर्ष ५ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गत वर्ष विपत्तमा परी ५ सय ९२ जनाको ज्यान गएको छ ।

हरेक वर्ष विभिन्न ९ प्रकारका विपदका घटना हुने गर्छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलकाअनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी पहिरो, अविरल वर्षा, हावाहुरी र हिमपातमा परेर ५ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

विगतको तुलनामा गत वर्ष बाढी र पहिरोका घटना बढेको उनले बताए ।

‘अघिल्ला वर्षहरुमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या सयको हाराहारीमा हुन्थ्यो’ उनले खबरहबसँग भने, ‘गत वर्ष बेपत्ता हुनेकै संख्या सयभन्दा माथि छ, मर्नेको संख्या तीन सयभन्दा माथि पुग्यो ।’

वर्षभरीमा झण्डै ६ सयले ज्यान गुमाए

प्राधिकरणको तथ्याङ्क हेर्दा विपदका घटनामध्ये पहिरोबाट सबैभन्दा धेरै क्षति भएको देखिन्छ ।

२०७७ वैशाख १ गतेदेखि चैत्र २१ गतेसम्म देशभर आगलागीबाट ९७, चट्याङबाट ७०, सर्पदंश २१, जनावर आक्रमणबाट ३७, बाढीबाट २४, अविरल वर्षाबाट १५, हावाहुरीबाट ८, हिमपातबाट १ गरी ५ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाढी र पहिरोमा परी १ सय १ जना अझै बेपत्ता छन् ।

११ सयभन्दा बढी घाइते

विभिन्न घटनामा परी वर्षभरीमा १ हजार १ सय ६७ जना घाइते भएका छन् ।

जसमध्य सबैभन्दा धेरै ३ सय ७९ जना आगलागीमा परी घाइते भएका छन् । त्यस्तै चट्याङमा २ सय ४७, सर्पदंगमा ३९, जनावर आक्रमणका कारण १ सय ९२, बाढीबाट ११, पहिरोबाट २ सय २६, अविरल वर्षाका कारण ५६ र हावाहुरीबाट १७ जना घाइते भएका छन् ।

२ अर्बको क्षति

गत वर्षभरीमा २ अर्ब १ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जसमा सबैभन्दा बढी आगलागीबाट १ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै अविरल वर्षाको कारण ६ करोड ९९ लाख र जनावरको आक्रमणबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी पहिरोबाट ५ करोड ९ लाख, बाढीबाट ४ करोड ८ड लाख, हावाहुरीबाट १ करोड ३३ लाख, चटयाङबाट ७२ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

एक महिनामा ३२ जनाले ज्यान गुमाए

प्राधिकरणले दिएको जानकारीअनुसार ०७८ वैशाख महिनामा मात्र विपदका नौ घटनाबाट ३२ जनाले ज्यान गुमाएका छन् ।

विशेषगरी वैशाख र जेठमा मेघ गर्जन र चट्याङ बढी हुने भएकाले यसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी रहेका छन् ।

गत एक महिनामा चट्याङबाट २१, आगलागीबाट ७, जनावरको आक्रमणबाट ३ र हावाहुरीबाट एकजनाको मृत्यु भएको छ ।

त्यस्तै आगलागीबाट २८, चट्याङबाट ८४, जनावरको आक्रमणबाट २२ र हावाहुरीबाट २ जना गरी १ सय ३८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : ४४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्