न्यायाधीश कार्की र भट्टराईको रायबिनै शुरू भयो सुनुवाइ « Khabarhub

न्यायाधीश कार्की र भट्टराईको रायबिनै शुरू भयो सुनुवाइ

बेञ्च गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने न्यायाधीश खतिवडाको चेतावनी


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको राय बिनै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ ।

दुई न्यायाधीशले इजलास छाड्नुपर्ने सरकार पक्षका कानून व्यवसायीको दबाबकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सुनुवाइ अघि बढाउन आदेश दिएका हुन् ।

इजलासको विवादबारे पुनर्गठित इजलासमा परेका न्यायाधीश ईश्वर खतिवडाले प्रधानन्यायाधीश बाहेक इजलास नबन्ने र बाँकी चारजना न्यायाधीश एउटै डुंगामा रहेकाले कसैले पनि छाड्न नसक्ने बताएका छन् । बेञ्च गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने र ती विषय फैसलामा आउने उनले बताए ।

बहस शुरू भएसँगै रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट आधा घण्टाको समय दिइएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : २८ बजे

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब